
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा क्रान्तिका लागि वस्तुगत र आत्मगत अवस्था दुवै संभव रहेको बताएका छन् ।
आज राजधानीमा तीन कम्युनिस्ट पार्टीहरु विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मोहन विक्रम नेतृत्व मसालद्धारा आयोजित एक अन्तक्रियामा कार्यक्रममा विप्लवले संसदीय व्यवस्था निकै कमजोर भएकोले अहिले क्रान्ति मात्र एक विकल्प भएको बताए ।
‘रुसी अक्टोबर क्रान्तिको शतवार्षिको अवसरमा अन्तक्रिया कार्यक्रम’ विषयक छलफलमा तीन पार्टीका तीन प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।
सो छलफलमा कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिकारीहरुले क्रान्ति नगर्ने होभने देश नरहने अवस्था रहेको बताए ।
विप्लवले यतिबेला क्रान्तिबाहेक अर्को बाटो नरहेको बताए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह, मालेका महासचिव सिपी मैनाली, नेकपा संयुक्तका नेता गणेश साहलगायत नेताहरुले बोलेका थिए ।







