
प्रचण्ड भारतसँग लम्पसार पर्दा उनैले घोषणा गरेको कथित स्थानीय निर्वाचन दुई चरण गर्ने या सार्ने बहानामा रोक्न खोजिरहेका छन् ।
नेपालका लागि पूर्व भारतीय राजदुत केभी राजन गत हप्तादेखि काठमाडौंमा छन् । उनको पहलमा प्रचण्डले पछिल्लो रणनीति बनाएको बुझिएको छ । स्मरणरहोस्, राष्ट्रघाती महाकाली सन्धी केभी राजनकै समयमा भएको थियो । त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री र रामचन्द्र पौडेल सभामुख थिए ।
उनको एमालेसँग पनि राम्रो सम्वन्ध रहेको छ । त्यसकारण भारतले पछिल्लो चरणमा उनलाई पठाएको बुझ्न सकिन्छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणलाई रोक्न भूमिका निभाएका प्रचण्ड भारतसँग पुनः लम्पसार पर्दै आफ्नो पत्तासाप हुनेभएपछि निर्वाचन रोक्न भारतसँग लम्पसार परेको विश्लेषकहरुले बताएका छन् ।







