नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्यूरो सदस्य उमा भुजेलले स्थानीय निकायको निर्वाचनलाई गाउँ र शहर दुवै क्षेत्रबाटै अवरोध गरिने चेतावनी दिएकी छन् । गरिब जनतालाई प्रयोग गरेर धन कमाउने चुनावको बहिस्कारको अभियानलाई सहर देखी ग्रामिण क्षेत्रसम्म सञ्चालन गरिने बताईन् ।

धौलागिरि ब्यूरोको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा चुनाव विरोधी सभाकी प्रमुख अतिथि समेत रहेकी भुजेलले भ्रष्टचार,आर्थिक अनियमितता, आर्थिक रुपमा सम्पन्न ब्यक्तिहरुले आफ्नो ब्यक्तिगत स्वार्थका लागि गरिव, निमुखा जनतालाई प्रयोग गर्ने प्रयास भइरहेकाले निर्वाचनको खारेजी अभियानमा साथ दिन समेत अनुरोध गरिन् ।

संसदीय ब्यवस्थाको विरुद्धमा आवश्यक परे फेरी हतियार उठाउँन सकिन्छ । समाजवाद स्थापनाका लागि अझै बलिदान दिन तयार छौ’ भुजेलले भनिन् । जनयूद्धमा गोरखा जेल ब्रेक गरेर विश्वभर चर्चा कमाएकी भुजेलले संसदीय सत्ता विरुद्ध हतिया। उठाएपनि धोका दिएको आरोप लगाईन् ।

‘प्रतिक्रियाबादीसंग प्रचण्ड– बाबुरामले आत्मसर्मपण गरे, उनीहरुले सहिदका परिवारलाई धोका दिए’ उनले भनिन् । नेकपाले देशभर आयोजना गरेका सभालाई प्रहरीको बलमा हस्तक्षेप भएपनि अवरोधलाई थिचोल्दै अगाडी बढ्ने उनले चेतावनी दिईन् ।

चुनाव विरोधी सभामा सहभागि हुन म्याग्दीका ग्रामिण क्षेत्रका साथै बागलुङ्ग र पर्वतबाट समेत पञ्चेबाजा, जातीय भेषभुषा सहित नेकपाका नेता कार्यकर्ता, म्याग्दीका सहिद परिवार लगाएतको उपस्थिती रहेको थियो । चुनाव विरोधी सभाको सभापति धौलागिरि इन्र्चाज पारसमणी केसी, स्वागत बागलुङ्ग इन्र्चाज विकरण र सञ्चालन म्याग्दी इन्र्चाज गम बहादुर श्रीषले गरेका थिए ।

बेनीबजार परिक्रममाको क्रममा वर्षाले अवरोध गरेपनि बेनी–दरवाङ्ग जिप काउण्टरमा उत्साहजनक सहभागिता रहेको थियो । स्थानीय तहको निर्वाचनलाई विथोल्न नेकपाका कार्यकर्ताले गोप्य प्रशिक्षण समेत लिइरहेका छन् ।

जिल्लाका ग्रामिण क्षेत्रमा उम्मेदवारलाई बहिस्कार गर्न अनुरोध देखी विभिन्न योजनाहरु रहेको नेकपाले जनाएको छ ।

म्याग्दीको बेनीमा आयोजित कार्यक्रममा सहभागी जनताहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार