
नेपाल कम्युनिस्ट पार्टीले मंगलबार काठमाडौंमा निर्वाचन विरोधी विशाल शान्तिपूर्ण शक्ति प्रदर्शन गर्दैछ ।
निर्वाचनविरोधी देशव्यापी शान्तिपूर्ण शक्ति प्रदर्शनपछि कम्युनिस्ट पार्टीले वैशाख १२ गते काठमाडौंमा निर्वाचन विरोधी शक्ति प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंको शान्तिबाटिकामा हुने शान्तिपूर्ण निर्वाचनविरोधी सभालाई पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले संवोधन गर्ने कार्यक्रम छ ।
काठमाडाैंमा हुने शक्ति प्रदर्शन शान्तिपूर्ण हुने नेपाल कम्युनिस्ट पार्टीले बताएको छ । पार्टी केन्द्रीय सदस्य माइला लामाले आफ्नो पार्टीले देशभरि शान्तिपूर्ण कार्यक्रम शान्तिपूर्ण भएको काठमाडौको सभा पनि शान्तिपूर्ण हुने बताए ।
मंगलबारको कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरसहित थुप्रै जनवर्गीय संगठनबाट ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहनेछ ।







