
वारले बोलेको धारणाबारे कान्तिपुर दैनिकले लेखेको समाचार
नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण निर्वाचन विरोधी कार्यक्रममा सरकारको निर्देशनमा प्रहरीले बल प्रयोगद्धारा गरिएको हस्तक्षेपलाई नेपाल वार एशोसियसन नेपालले विरोध गरेको छ ।
वारले राजनीतिक दलबाट हुने शान्तिपुर्ण सभा सम्मेलन वा जुलुशमा हस्तक्षेप नगर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
पोखरामा शुक्रबार र शनिबार दुर्इ दिनसम्म सम्पन्न ४४ औं कारिकारिणी परिषद बैठक तथा वार्षिक साधारणसभाबाट वारले पोखरा घोषणापत्र जारी गर्दै शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
स्मरणरहोस् नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन विरोधी कार्यक्रम लिएर देशव्यापी शान्तिपूर्ण सभा गर्दा बुटवलदेखि चितवनहुँदै सुर्खेतसम्म पुग्दा सरकारले हस्तक्षेप गरिरहँदा वारले यस्तो धारणा बाहिर ल्याएको हो ।

मानवअधिकार सम्वद्ध जनअधिकार नेपालद्धारा सोमबार वाग्लुङमा आयोजित कार्यक्रम
राजासंस्था रहेको ०४७ को संविधानले समेत शान्तिपूर्ण सभा जुलुश गर्ने अधिकार प्रदान गरेको अवस्थामा वर्तमान गणतन्त्र सरकारले कम्युनिस्ट पार्टीको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेपछि चौतर्फी सरकारको आलोचना भएको छ ।
यसैबीच सोमबार जनअधिकार अभियान नेपालले वाग्लुङमा गरेको एक अन्तक्रिया कार्यक्रममा सरकारले कम्युनिस्ट पार्टीद्धारा आयोजना गरेको शान्तिपूर्ण सभामा गरेको हस्तक्षेपको विरोध गरेको छ ।अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले गणतन्त्र नेपालको सरकारमा सरकारले शान्तिपूर्ण सभामा गरेको हस्तक्षेप निन्दनीय बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी क्षेत्रीय प्रनिनिधिले पनि कम्युनिस्ट पार्टीका शान्तिपूर्ण जुलुशमा सरकारले गरेको हस्तक्षेपको विरोध गरेका छन् ।







