नेपाल कम्युनिस्ट पार्टीको मंगलबार काठमाडौंमा हुने विशाल शान्तिपूर्ण जुलुशसहितको सभालाई राष्ट्रिय मानव अधिकार आयोगले अवलोकन गर्ने भएको छ ।

देशैभरि कम्युनिस्ट पार्टीको शान्तिपूर्ण सभामा सरकारले बल प्रयोग गरेपछि राजधानीमा हुने शान्तिपूर्ण सभामा आयोगले अवलोकन गर्ने भएको हो । आयोगसहित जनअधिकार अभियान नेपालले पनि कार्यक्रमलाई अवलोकन गर्ने भएको छ ।

मंगलबार राजधानीको शान्तिबाटिकामा कम्युनिस्ट पार्टीको शान्तिपूर्ण जुलुशसहित जनसभा हुनेछ । १२ बजेदेखि सुरु हुने भनिएको कार्यक्रममा आयोग र अभियान नेपालले प्रत्यक्ष फिल्डमा पुगेर अवलोकन गर्नेछ ।

‘हो हामीले कम्युनिस्ट पार्टीको मंगलबार हुने राजधानीको कार्यक्रममा प्रत्यक्ष रुपमा अवलोकन गर्नेछौं’- अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले जनपाटीसँग भने- ‘यसअघि देशभरिका शान्तिपूर्ण कार्यक्रममा प्रहरीले बल प्रयोग गरेर हस्तक्षेप गरेपछि हामीले युनिफर्मसहित अवलोकन गर्ने भएका छौं ।’

अभियान नेपालका अध्यक्ष भण्डारीले आफुहरुसहित राष्ट्रिय मानव अधिकार आयोगले मंगलबारको कार्यक्रमलाई गंभीरतापूर्वक अवलोकन गर्ने बताएका छन् ।

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दलबलसहित बल प्रयोग गर्न थालेपछि मानव अधिकारवादी संघ संस्थाले कम्युनिस्ट पार्टीको कार्यक्रमलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार