नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले संसदीय दलका नेताहरुले विदेशी पैसा लिएर स्थानीय निर्वाचनको नाटक मंचन गरिरहेको बताएका छन् ।

आज मंगलबार राजधानीमा पार्टीद्धारा आयोजना गरिएको निर्वाचन विरोधी कार्यक्रमलाई संवोधन गर्दै नेता बास्तोलाले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत ठूला दलका नेताहरुले विदेशीको पैसामा निर्वाचन गर्न थालेको बताए ।

‘दोस्रो संविधानसभा निर्वाचनमा यी संसदीय पार्टीका नेताहरुले करोडौं पैसा लिएर निर्वाचन गरेका थिए, अहिले पनि त्यही गरिरहेका छन् ।’ बास्तोलाले भने- ‘विदेशीको पैसामा नेपाली जनताको भविष्यमाथि संसदीय व्यवस्था लाद्न खोजेको छन् हामी त्यसलाई खारेज गर्न चाहन्छौं ।’

दश वर्षे जनयुद्धमा संसदीय व्यवस्था मरिसकेको तर अहिले संसदवादीहरु त्यही मरेको व्यवस्थालाई ब्युँताउन खोजेको भन्दै त्यो नेपाली जनतालाई अमान्य भएको बताए ।

सो कार्यक्रममा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, सन्तोष बुढामगर, पोलिटव्युरो सदस्य उमा भुजेललगायत नेताहरुले संवोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार