नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले हिजो प्रचण्डले संसदीय व्यवस्थाका विरूद्ध नेपाली जनतालाई लड्न लगाए तर अहिले त्यही व्यवस्थाको प्रवक्ता बनेर क्रान्तिकारी कार्यकर्ता र जनतामाथि ठूलो अपराध गरेको बताएका छन् ।

हिजो प्रचण्डले जनयुद्धमा संसदीय व्यवस्थाका विरुद्ध नेपाली जनतालाई बन्दुक बोक्न लगाएको तर अहिले त्यही व्यवस्थाको पक्षपोषक बनेर प्रचण्डले ठूलो अपराध गरेको नेता सुदर्शनको गंभीर आरोप थियो ।

मंगलबार राजधानीमा पार्टीद्धारा आयोजित शान्तिपूर्ण विरोध सभालाई संवोधन गर्दै नेता ओलीले यस्तो कुरा बताएका हुन् ।

‘हामीले हिजो जनयुद्धमा प्रचण्डको आदेशमा दश वर्ष जनयुद्ध लड्यौं, तर आज प्रचण्ड त्यही संसदीय व्यवस्थाका पक्षपोषण गरेर निर्वाचनको नाटक गरिरहेका छन् ।’ नेता सुदर्शनले भने- ‘क्रान्तिकारी जनता र कार्यकर्तालाई त्यही संसदीय व्यवस्थाका विरुद्ध मर्न लगाए तर अहिले त्यही व्यवस्थाको प्रवक्ता बनेर जनतामाथि ठूलो अपराध गरेका छन् ।’

नेता ओलीले प्रचण्डले नेपाली जनतामाथि संसदीय व्यवस्था लादेर ठूलो अपराध गरेको आरोप लगाए ।

पंचायततन्त्रभन्दा पनि अहिलेको गणतन्त्रमा प्रचण्ड सरकार निकै निरंकुश भएको भन्दै नेता सुदर्शनले अब छिट्टै यो व्यवस्था जनताका अगाडि परास्त भएरै छाड्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार