
अमेरिकालाई आर्थिक विकासमा उछिनेको चीनले यस वर्षको चार महिनामा ३३ करोड नयाँ रोजगारी सिर्जना गरेको छ । जसकारण बेरोजगारी संख्या घटेको छ ।
सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी नयाँ रोजगारी थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
“चीनको रोजगारी बजारमा यस वर्षको सुरुमै बलियो अवस्था देखिएको छ, यसले पहिलो चार महिनालाइस्थिर बनाएको छ,” मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु अइहोङले पत्रकार सम्मेलनमा भने ।
रोजगारीको सङ्ख्या बढ्नु चीनको आर्थिक क्षेत्रका लागि निकै राम्रो सङ्केत भएको अर्थविद्हरुले बताएका छन् । गत जनवरीदेखि मार्चसम्म ७.८ प्रतिशतले जागिरको विज्ञापन खुलेको र २.१ प्रतिशतको दरले निवेदक बढेको मन्त्रालयको तथ्याङ्क छ ।







