जनवादी गीत संगीतको माध्यमबाट आमुल परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका जनवादी गायकहरूलार्इ नेपाल कम्युनिस्ट पार्टीले आज बुधबार १ बजे सम्मान गर्दैछ ।

क्रान्तिकारी तथा जनवादी गायकहरु खुशीराम पाख्रिन, जेबी टुहुरे, जीवन शर्मा, रायन र पूर्णविरामलाई नेपाल कम्युनिस्ट पार्टीले सम्मान गर्न थालेको हो । राजधानीको नाचघरमा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्मान गर्नेछन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको नुवाकोट बैठकले नै यी जनवादी गायकहरुलाई सम्मान गर्ने नीति पारित गरेको थियो । त्यही निर्णयसँगै उनीहरुलाई आज सम्मान गर्न लागिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले जनता र आमुल परिवर्तनमा योगदान गरेका नेता, कार्यकर्ता र सबै पक्षका व्यक्तित्वलाई सम्मान गर्ने काम गरिरहेको छ ।

आज सम्मानित हुने पाख्रिन जनयुद्धकालमा लामो समय भूमिगत भएर गीतसंगीतको माध्यमबाट समाज परिवर्तनको यात्रामा लागेका पूराना कलाकार हुन् । त्यसैगरी टुहुरे, शर्मा र रायनले पनि लामो समयदेखि जनवादी गीतबाट समाज परिवर्तनका लागि ठूलो योगदान गरेका छन् ।

कवि पूर्णविरामले जनयुद्धकालमा क्रान्तिकारी कविताबाट समाज परिवर्तनमा ठूलो योगदान पुर्याएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार