
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनवादी अग्रज स्रष्टाहरुलाई आफ्नो पार्टीले सधै सम्मान र संरक्षण गर्ने बताएका छन् ।
आफ्नो पार्टीद्धारा मंगलबार राजधानीमा आयोजित ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रममा अग्रज जनवादी गायकहरुलाई सम्मान गर्दै महासचिव विप्लवले अग्रज क्रान्तिकारी स्रष्टाहरुलाई सधै सम्मान र संरक्षण गर्ने बताए ।
समाज परिवर्तन गर्न ठूलो योगदान गर्ने अग्रज जनवादी कलाकारहरुलाई क्यानसर रोग लागे क्यान्सरको सबै उपचार गर्न नसकेपनि क्यान्सर अस्पताल पुर्याउने जिम्मा आफ्नो पार्टीले लिने महासचिव विप्लवले बताए ।
पूराना र अग्रज जनवादी कलाकारहरुको गीत-संगीतबाट नेपालका क्रान्तिकारी योद्धाहरुले ठूलो प्रेरणा पाएको भन्दै महासचिव विप्लवले पूराना कलाकारहरुले जीवनको उत्तरार्द्धमा आएर आत्मगलानी र हिनतावोध गर्ने स्थिति आउन नदिन आफ्नो पार्टीले सधै सम्मान र संरक्षण गर्ने बताए ।
अरु पूराना कम्युनिस्ट पार्टीले पूराना जनवादी कलाकारहरुलाई सम्मान गर्न नसकेपनि आफ्नो पार्टीले सम्मान गरेर नयाँ र क्रान्तिकारी संस्कृतिको जग हालेको महासचिव विप्लवको भनाई छ ।
बुधवार एक कार्यक्रममार्फत कम्युनिस्ट पार्टीले जनवादी गायक रायन श्रेष्ठ, जेबी टुहुरे, खुशीराम पाख्रिन, जीवन शर्मा र कवि पूर्णविरामलाई सम्मान गरेको छ ।







