राजधानी सहर दिल्लीको नगर निगम चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले अरबिन्द केजरिवालको आम आद्‍मी पार्टी र भारतीय काङ्ग्रेस पार्टीलाई नराम्ररी बढारेको छ ।

भाजपलाई दिल्लीको उत्तरी, दक्षिणी र पुर्वी महानगरीय क्षेत्रमा भारी बहुमत मिलेको छ । भाजपाले जमानत जफत हुने गरी पराजित गरेपछि आम आद्‍मी र काङ्ग्रेसमा भाँडभैलो मच्चिएको छ ।

२७२ सिटमा भएको चुनावमा भाजपाले १८२ सिटमा जित निकालेको छ । त्यसैगरी आपले ४८ सिटमा जित निकाल्दा काङ्ग्रेस भने केबल २९ सिटमै समेटिएको छ । उत्तरी  नगर निगममा भाजपाले ६४, काङ्ग्रेसले ५१ र आपले २१ सिटमा जित निकालेका छन् । दक्षिणी  नगर निगममा भाजपाले ७१, काङ्ग्रेसले ११ र आपले १६ सिटमा जित निकालेको छ ।

अर्कातिर पुर्वी  नगर निगममा भाजपाले ४७, कांग्रेसले ३ र आपले ११ सिट जितेका छन् ।  यसका साथै आपको ४० सिट, कांग्रेसको ९२, भाजपाको५ र बहुजन समाजवादी पार्टीको १९२ सिटमा जमान जफत भएको छ ।

नतिजा आएपछि दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले ट्वीट गरेर भाजपालाई बधाई दिएका छन् । केजरिवालले आफ्नो सरकार नगर विकास निमगसँग मिलेर दिल्लीको उन्नतिका लागि मिलरे काम गर्ने बताएका छन् ।

नगर विकास निगमको चुनावमा  नराम्ररी पराजित भएपछि केजरिवालले आपका सांसदहरुको बैठक बोलाएका छन् । भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीले केजरिवालमाथि निशाना साँध्दै मूख्य मन्त्री पदमा बसेको व्यक्तिले जनतालाई धम्क्याइरहेको आरोप लगाएका छन् ।

अरविन्द केजरिवालका गुरु रहेका अन्ना हजारेले आफूले देखाएको बाटोमा हिँड्न नसकेकाले आपले दिल्लीमा नमिठो हार भोग्न बाध्य भएको बताएका छन् । अन्नाले केजरिवालको काम र कुरामा धेरै फरक आएको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार