अमेरिकी र दक्षिण कोरियाली सेना

चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण- कोरियाको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।

कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न चीनले आग्रह गरेको छ । बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्ने क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा व्यक्त गरेका हुन् ।

कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यास रोक्न चीनले आग्रह गरेको हो ।

जारी सो संयुक्त सैन्य अभ्यासमा २५ हजार अमेरिकी सेना र ५० हजार दक्षिण कोरियाली सेना रहेको बताइएको छ ।

विश्वको शान्ति र विकासमा यस्तो सैन्य अभ्यासले खतरा मात्र निम्ताउने भन्दै चीनले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यासको विरोध गरेको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार