जनवादी कलाकार एवं माओवादी केन्द्रका नेता खुशीराम पाख्रिनले आफु सधै क्रान्तिको पक्षमा रहेको र क्रान्ति गर्ने जुनसुकै पार्टीलाई आफ्नो साथ र समर्थन रहने बताएका छन् ।

बुधवार राजधानीमा नेपाल कम्युनिस्ट पार्टीले पाख्रिनलागयत पाँच जनवादी स्रष्टाहरुलाई सम्मान गरेपछि आफ्नो धारणा राख्दै पाख्रिनले आफु जहाँ रहेपनि क्रान्तिको सपना आफ्नो दिमागबाट नहटेको बताए ।

‘म जहाँ रहेपनि क्रान्ति गर्नेलाई मेरो सधै साथ रहनेछ ।’ सम्मान कार्यक्रमपछि पाख्रिनले भने- ‘म सहिदको बुबा भएकोले पनि क्रान्ति गर्ने पार्टी र नेतृत्वलाई मेरो सधै साथ रहनेछ ।’

पाख्रिनको छोरा जनयुद्धमा सहिद भएका थिए । आफ्नो बुबा मर्दा अनि छोरा सहिद हुँदा नरोएको म अहिले आफुजस्ता पूराना योद्धाहरुको जीवन बेहाल हुँदा कतिबेला रुने गरेको पाख्रिनले तीतो अनुभूति पोखे ।

नेपाल कम्युनिस्ट पार्टीले आफुजस्ता मान्छेहरुलाई सम्मान गरेकोमा खुशी लागेको भन्दै पाख्रिनले जनवादी स्रष्टाहरुलाई सम्मान गर्ने संस्कृति बसालेकोमा कम्युनिस्ट पार्टीलाई विशेष आभार व्यक्त गरे ।

राजधानीको नाँचघरमा बुधवार पाख्रिनलगायत पूराना अग्रज क्रान्तिकारी स्रष्टाहरु रायन श्रेष्ठ, जेबी टुहुरे, जीवन शर्मा र कवि पुृर्ण विरामलाई नेपाल कम्युनिस्ट पार्टीले २५ हजार नगद र सम्मान पत्रसहित सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार