
उत्तर कोरियाको शक्तिशाली मिसाइल ।
उत्तर कोरियाले न्युक्लिएर परीक्षण गर्न कहिल्यै नरोक्ने बताएको छ ।
सीएनएनलाई बुधवार लामो अन्तरवार्ता दिदै उत्तर कोरियाली एक उच्च अधिकारीले जबसम्म अमेरिकाले आफुहरुमाथि मनोवैज्ञानिक आक्रमणको कार्य रोक्दैन, तबसम्म आफुहरुले पनि न्युक्लिएर मिसाइल निर्माण र परीक्षण गर्न कहिल्यै नछोड्ने बताएका छन् ।
उत्तर कोरियाली एक उच्च अधिकारी सोक चोल वोनले बाहिरी दुनियाँले के भन्छ त्यसको आफुहरुले कुनै पर्वाह नगर्ने तर आफ्नो मिसनलाई जसरी पनि पूरा गरिछाड्ने बताए ।
‘हाम्रो न्युक्लिएर शक्ति बलियो बनाउन निरन्तर प्रयासको एउटा महत्वपूर्ण भाग हो न्युक्लिएर परीक्षण ।’ ती अधिकारीले सिएनएनसँग भने- ‘जबसम्म अमेरिकाले हामीसँग आक्रमणको शत्रुतापूर्ण कार्य जारी राख्छ, त्यो बेलासम हामीहरुले न्युक्लिएर निर्माण र परीक्षण कार्य रोक्नेछैनौ ।’
उत्तर कोरियाली यी अधिकारीको कडा टिप्पणी आएसँगै अमेरिकाले उत्तर कोरियामाथि थप कडा नाकाबन्दी लगाउने भएको छ ।







