चर्चित जनवादी गायक जीवन शर्माले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई नेपाली क्रान्तिका आशालाग्दा युवा नेता भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा पूराना एवं अग्रज जनवादी स्रष्टाहरुलाई सम्मान गरेपछि आफ्नो संक्षिप्त मन्तव्य राख्दै जनवादी गायक शर्माले विप्लवलाई नेपाली जनताले आशाको नजरले हेरेको बताए ।

शर्माले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारावर्गको सच्चा अग्रदस्ता बनेर जाओस् भन्ने शुभकामना समेत दिए ।

‘विप्लव नेपाली क्रान्तिका आशालाग्दा क्रान्तिकारी युवा नेता हुन्’, जनवादी कलाकार शर्माले भने- ‘विप्लव नेतृत्वको पार्टी सर्वहारा वर्गको सच्चा अग्रदस्ता बनेर जाओस्, मेरो शुभकामना छ ।’

नेपाल कम्युनिस्ट पार्टीले पूराना जनवादी गायकहरुलाई सम्मान गर्ने संस्कृति बसालेर नयाँ परम्पराको जग बसालेको जनवादी गायक शर्माको भनाई थियो ।

आफुले सधै क्रान्तिको पक्षमा गीत लेख्ने र गाउने गरेको प्रसँग कोट्याउँदै शर्माले आफ्नो जीवन रहेसम्म आफुले सधै जनताको पक्षमा क्रान्तिकारी गीत गाइरहने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार