क्रान्तिकारी स्रष्टा एव कवि पूर्णविराम जनयुद्धकालमा निकै शक्तिशाली कविता लेख्ने एक क्रान्तिकारी कवि हुन् । उनको प्रत्येक कविताले प्रतिक्रियावादीहरुको निदहराम गर्दथ्यो भने क्रान्तिकारीहरुलाई ठूलो उत्प्रेरणा दिन्थ्यो ।

जनयुद्धमा प्रत्येक क्रान्तिकारीहरू उनको कविता पढेर लडाइँमा जोसिन्थे । युद्धमा होमिन्थे ।

तिनै क्रान्तिकारी कवि पूर्णविरामलाई नेपाल कम्युनिस्ट पार्टीले केही दिनअघि राजधानीमा सम्मान गर्यो । महासचिव नेत्र विक्रम चन्द विप्लवले उनलाई सम्मान गरे । सम्मानपछि महासचिव विप्लवले उनको क्रान्तिकारी र शक्तिशाली कविताको निकै खुलेर प्रंशसा गरे ।

आफुलाई कम्युनिस्ट पार्टीले सम्मान गरेपछि कवि पूर्णविरामले वर्तमानमा क्रान्तिकारीहरुले भोग्नु परेको कथालाई नाचघर डवलीमा यसरी प्रस्तुत गरे :

अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ

त्यो तातो अलकत्राभन्दा पनि तातो

मनहरु पोल्ने आगोको भट्टी जस्तो छ

जाकेरीहरुले पाएका छन् भिसी तक्माहरु

र वीर सिपाहीहरुको रोदनले वातावरण भरिभराउ भएका छन्

भैसीको टाउको शरिरमा झुण्डाउनेहरुलाई

अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ

मानिसको नै टाउको बनेको विचरण गर्न चाहनेलाई

यो हेमलकभन्दा एकदमै विषाक्त छ

अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार