
स्थानीय निर्वाचनमा माओवादी केन्द्रको मुख्य नेतृत्वले उम्मेदबार छनोट प्रक्रियामा मनोमानी र अन्यापूर्ण कार्य गरेको भन्दै सल्यानमा केन्द्रका ६ केन्द्रीय सदस्यले सामुहिक राजिनामा दिएका छन् ।
यो राजिनामाले माओवादी केन्द्रको मगरात व्युरोमा भुकम्प गएको छ ।
सामुहिक राजिनामा दिनेहरुले जनयुद्ध लडेका इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएर आफ्ना भनिएकाहरुलाई जर्बजस्त उम्मेदबार छनोट गरेको भन्दै नेतृत्वप्रति विद्रोह गरेको बताएका छन् ।
सल्यानमा कार्यरत माओवादी केन्द्रीय सदस्यहरु ज्ञान बहादुर ओली (माईकल),टिकाराम ओली (दर्शन), सेतिराम ओली (दिनेश), हरिलाल डि.सी. (दोभान), टंक प्रसाद शर्मा (शौगात), सुम्निमा डि.सी. (निर्माता) र कमला ओली (श्रृंखला) ले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर राजिनामा गरेको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रमा यति ठूलो स्तरबाट नेताहरुले राजिनामा दिन थालेपछि माओवादी केन्द्र निर्वाचनको उत्कर्षमा पुग्दा ठूल्ठूला विद्रोह हुने आकलन गरिएको छ ।








