
पूरानो संसदीय सत्ताको अंगको रुपमा सरकारले जिल्लाहरुमा गाउँपालिकाको घोषणा गरिरहँदा नेपाल कम्युनस्टि पार्टीले देशैभरि त्यसलाई खारेज गरेर जनपालिकाको घोषणा गरिरहेको छ ।
देशका विभिन्न भागमा नेपाल कम्युनिस्ट पार्टीले पूरानो सत्तालाई मान्यता नदिने नीतिअनुरुप गाउँपालिका, नगरपालिकाको साइनबोर्ड हटाएर जनसरकारको साइनबोर्ड टाँस्ने काम गरेको छ ।
केही दिनका बीचमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले रोल्पाको थबाङदेखि चितवनहुँदै शनिबारसम्म कास्की, मकवानपुर झापासम्म पुग्दा पूरानो सत्ताको गाउँपालिका र नगरपालिकाको साइनबोर्ड हटाएर जनसरकारको साइनबोर्ड झुण्डिएका छन् ।
दश वर्षे जनयुद्ध पूरानो सत्ताको मुख्य अंगको रुपमा रहेको संसदीय व्यवस्थालाई खारेज गरेर नयाँ जनवादी व्यवस्था निर्माण गर्ने लक्ष्यसहित माओवादीले लामो आन्दोलन गरेको थियो ।तर जनयुद्ध लडेको प्रचण्ड बाबुराम घुमेर संसदीय व्यवस्थामा फर्केपछि विप्लव नेतृत्वको नेपाल कम्युनस्टि पार्टी जनयुद्धको विरासतलाई बोकेर अगाडि निर्वाचन खारेज अभियानलाई तीव्रतामा लगेको छ ।
त्यही अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले पूरानो सत्ताको गाउँपालिका र नगरपालिकालाई स्थापित हुन नदिने र जनताको पालिका निर्माण गर्ने उद्धेश्यसहित आफ्नो काम अगाडि बढाइरहेको छ ।

कास्कीमा गाउँपालिकाको साइनबोर्ड हटाएर जनपालिकाको साइनबोर्ड राखिदै

झापामा पनि गाउँपालिकाको साइनबोर्ड हटाएर जनपालिकाको साइनबोर्ड राखिदै







