विश्वचर्चित सर्च इन्जिन गुगल, जसको सहयोगबिना इन्टरनेटमा कुनै बस्तु भेटिन नसक्ने अवस्था आइसकेको छ । अहिले गुगललाई एकजना भारतीय मूलका अमेरिकनले हाँकिरहेका छन् ।

जसको एक वर्षको तलब थाहा पाउँदा जोकोही चकित हुन्छन् । ४४ वर्षीय भारतीय मूलका सुन्दर पिचाई अहिले गुगलका प्रमुख कार्यकारी अधिकृत छन् । जसले सन् २०१६ मा मात्रै २ सय मिलियन करिब २१ अर्ब नेपाली रुपैयाँ तलब गुगलको सीईओको रुपमा लिएका छन् ।

उनको यो तलब सन् २०१५ को भन्दा दोब्बर हो । सञ्चारमाध्यमका अनुसार सन् २०१६ मा पिचाईलाई करिब ६५०,००० डलर करिब ८ अर्ब अमेरिकी डलर दिइएको थियो ।उनको मासिक तलब १ अर्ब ६० करोड रुपैँया तलब हुन अाउँछ ।

तर लामो समयसम्म गुगलका कर्मचारी रहिसकेका पिचाई सन् २०१५ अगस्टमा कम्पनीको पुनर्गठन गरिएपछि गूगलका सीईओ भएका थिए । त्यसपछि उनलाई सन् २०१६ मा १९८.७ मिलियन करिब २० अर्ब ८२ करोड नेपाली रुपैयाँद्व स्टक अवार्डकारुपमा दिइयो । जुन् सन् २०१५ को स्टक अवार्ड ९९.८ मिलियन करिब १० अर्ब ४१ करोड नेपाली रुपैयाँ भन्दा दोब्बर हो ।

त्यसैगरी पिचाईलाई अघिल्लो साल १९९.७ मिलियन दिइएको थियो, जुन त्यसभन्दा अघि दिइएको १००.६ मिलियनको तुलनामा दुई गुणा धेरै हो ।

पिचाईलाई किन दिइन्छ त यति धेरै रकम ? यसको खास कारण भनेको यसको मातृ कम्पनीका स‌ंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनले सीईओ र अध्यक्षको भूमिकामा रहँदै केवल एक डलर अर्थात १०५ नेपाली रुपैयाँ मात्रै लिएका छन् । जबकि दुबैलाई स्टक होल्डिङ्गमार्फत ४० बिलियन डलर करिब ४१ खर्ब ६४ अर्ब रुपैयाँ मिल्ने गर्छ ।

पिचाईको तलब जब बढ्यो तब कम्पनीको व्यापारमा २२.५ प्रतिशतले वृद्धि भयो । त्यसैगरी शुद्ध नाफा पनि १९ प्रतिशतले बढेपछि पिचाईको आम्दानी पनि तीब्र गतिमा बढेको हो । अहिले पनि गुगलले इन्टरनेट विज्ञापनमा आफूलाई एक नम्बरमा कायमै राखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार