नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युरोले पार्टीको नाममा रुकुमका संसदवादी गिरोहहरुले पार्टी प्रवक्ता प्रकाण्डको नाममा लेटरप्याड प्रयोग गरेर चन्दा आतंक मच्चाएको भन्दै गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्युनिस्ट पार्टी राप्ती व्युरो इन्चार्ज सुवासले आइतबार एक विज्ञेप्ती जारी गर्दै पार्टीको नक्कली नाम र लेटेरप्याड प्रयोग गरेकोमा घोर आपत्ति प्रकट गरेका छन् ।

इन्चार्ज सुवासले आफनो पार्टीलाई बदनाम गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रको षडयन्त्र हुन सक्ने भन्दै सत्यतथ्य पत्ता लागे ती मान्छेहरुलाई भौतिक कार्वाही हुने समेत चेतावनी दिएका छन् ।

व्युरो इन्चार्ज सुवासaद्धारा जारी विज्ञेप्तीमा भनिएको छ – ‘पार्टी प्रवक्ता क.प्रकाण्डको नाम बेच्दै रुकुममा कथित स्थानिय चुनावका उम्मेदवारबाट नेपाल कम्युनिस्ट पार्टीको नक्कली नाम र लेटेर प्याड प्रयोग गरी वडा सदस्यदेखि गा.पा/न.पा प्रमुख सङ्ग ३(तीन)लाख देखि ८(आठ ) सम्म माग गर्नुका साथै नदिएमा भौतिक कार्वाही सम्म गर्ने धाक धम्की दिइ घर घरमा गइ सुचना टास गर्ने, आतंकित पार्ने घटनाप्रती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ।’

व्युरो इन्चार्ज सुवासद्धारा जारी विज्ञेप्तीको पूरा पाठ :

प्रेस विज्ञेप्ती

यतिबेला मुलुक संसदीय दलालतन्त्रको दुष्ट दारा-नङ्ग्राले गिजोलेर थिलो थिलो भएको छ। जनपिरा र राष्ट्रमारा संसदीय फोहरी खेलको अर्को शृङ्खलाका रुपमा जनचाहना विपरित जबर्जस्ती “कथित स्थानीय चुनाव”को नौटङ्कीपुर्ण नाटक मञ्चन गर्न खोजिदै छ। बन्दुक र संसदवादीहरुको आउरे,बाउरे भरौटेहरुको आडमा घोषणा गरिएको कथित स्थानीय चुनावको खारेजीका लागि जनताले स्वस्फूर्त “जनताको स्थानीय सत्ताको निर्माण तथा घोषणा”गर्दै आइरहेको सबैमा जगजाहेर नै छ।

विभिन्न तह तप्काका आदरणीय न्यायप्रेमी जनसमुदायको अपार र अभुतपुर्व सकृय सहभागिता, साथ र समर्थनले हाम्रो पार्टीको केन्द्रीय “नीति निर्णय र कार्यक्रम” अनुसार राप्ती क्षेत्रमा पनि चुनाव खारेज अभियान घनिभुत हुँदै गैरहेकोछ। जनताको जनचाहना “वैज्ञानिक समाजवाद” स्थापनाको मार्ग झन् झन् बृहत् र सुस्पष्ट हुँदै गैरहेको छ। यस्ले नै नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता र जनसम्बन्ध प्रष्ट पार्छ।

हाम्रो पार्टीको त्याग,तपस्या,समर्पण र बलिदानको उच्च राजनीति चेतना ब्यवहारले दिनानुदिन बढ्दै गैरहेको जनसम्बन्ध र लोकप्रियतादेखि अत्तालिएर केही अराजनैतिक,अपराधिक ब्यक्ती तथा गिरोहले पार्टीको बद्नाम बद्ख्वाइ गर्ने सुनियोजित षड्यन्त्र गर्दै कहि कतै हुँदै नभएको मध्य कमान्ड जनसरकारको नाममा आदरणीय पार्टी प्रवक्ता क.प्रकाण्डको नाम बेच्दै रुकुममा कथित स्थानिय चुनावका उम्मेदवारबाट नेपाल कम्युनिस्ट पार्टीको नक्कली नाम र लेटेर प्याड प्रयोग गरी वडा सदस्यदेखि गा.पा/न.पा प्रमुख सङ्ग ३(तीन)लाख देखि ८(आठ ) सम्म माग गर्नुका साथै नदिएमा भौतिक कार्वाही सम्म गर्ने धाक धम्की दिइ घर घरमा गइ सुचना टास गर्ने, आतंकित पार्ने घटनाप्रती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ।  नेपाल कम्युनिस्ट पार्टी र यस्का नेताहरूप्रति भएका र हुने षड्यन्त्रको व्यापक भण्डाफोर गर्न यो बिज्ञप्ति जारी गरिएको छ।

१.कथित स्थानीय चुनावका उम्मेदवारसङ्ग चन्दा त के तिन्को हातको पानीसम्म नलिने स्पष्ट पार्दछौ।साथै नेपाल कम्युनिस्ट पार्टीको र यस्का शीर्ष नेतृत्वको बद्नाम,बख्वाइ र कत्लेआम गर्ने गरि गरिएको सुनियोजित षड्यन्त्र घोर भत्सर्ना गर्दछौ।

२.नेपाल कम्युनिस्ट पार्टी र यस्को नेतृत्वको नाममा यस्ता अपराधिक र गैरराजनीतिक हर्कत नगर्न संसदवादी गिरोहलाइ चेतावनी दिन्छौ । अन्यथा हामी हाम्रो पार्टी र नेतृत्वको रक्षाको लागि भौतिक कार्वाही समेत गर्न बाध्य हुनेछौ।

३.पानी धमिलो बनाइ माछा मार्न खोज्ने , मुलुकलार्इ बर्बादीतिर धकल्ने, संसदवादीहरुको नयाँ रुप र जामाको “कथित स्थानीय चुनाव खारेज”गर्ने अभियान” भएता पनि चन्दा लिने,हत्या हिंसा गर्ने पार्टीको नीति कार्यक्रम नभएको प्रष्ट पार्दछौ।

४.संसदवादीहरुले आफ्नो “करोडौं लगानी गरेर अरबौ कमाउने काला-सपनामा” हाम्रो पार्टीको चुनाव खारेज अभियानले निदहराम गरे पछिको चिच्याहटको रुपमा अभिब्यक्त भएको “नक्कली पार्टी र नक्कली संरचना”मा कोहि कसै भ्रममा नपर्न अनुरोध गर्दछौ। कही कतै कोही कसैले यस्ता अराजनैतिक तथा अपराधिक हर्कत गरेको सूचना जानकारी भए तुरुन्त पार्टीमा खबर गर्न पनि अनुरोध गर्दछौ।

५.”कथित स्थानीय चुनाव” मार्फत हिजोका र नया रुपरंगका जाली,फटाह,सुद्खोर,कालोबजारिया, भुमाफिया, मानवतस्कर , दलालहरु गाउँ वस्तीमा छिर्ने कुचेष्टा गरिरहेकोले चुनावी चिल्ला,चाप्ला र गुलिया कुरामा नभुली दृढतापुर्वक “चुनाव खारेज अभियानमा” लाग्न सम्पुर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौ।

१७ वैशाख २०७४

क.सुवास ( इन्चार्ज )

राप्ती ब्यूरो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार