सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।

पार्टी नेतृत्वले आफ्नो मन्त्रालय मातहतको प्रहरी प्रमुख नियुक्तिको प्रकरणलाई लिएर प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको र त्यस सन्दर्भमा आफूसँग कुनै छलफल नगरेको भन्दै निधिले राजीनामा दिएका हुन्।

‘यो मेरो मन्त्रालयसँग जोडिएको आइजी प्रकरणको विषयलाई लिएर प्रधानन्यायाधीशविरुद्ध जुन महाअभियोग प्रस्ताव दर्ता गरियो यसमा मेरो असहमति छ,त्यसैले मैले पदबाट राजीनामा दिएको हुँ’, निधिले एक अनलाइनलार्इ प्रतिक्रिया दिए ।

राजीनामाको विषयमा निधिले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोनबाट जानकारी गराइसकेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार