गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने भएको छ ।

स्रोतका अनुसार राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकार छोड्ने जानकारी गराइसकेका छन् ।

एक अनलाइन मिडियालाई प्रतिक्रिया दिदै राप्रपा अध्यक्ष एवं उप्रधानमन्त्री थापाले सरकार छोड्ने सम्पूर्ण तयारी गरेको बताएका छन् । थापाले सरकार छोड्ने निर्णयलाई पार्टीको बैठकले औपचारिकता दिने भएको छ ।

प्रधानन्यायधीस सुशीला कार्कीमाथि कांग्रेस र माओवादी केन्द्रले मनोमानी गरेको भन्दै राप्रपाले सरकार छोड्न थालेको स्रोतको भनाई छ ।

यो परिघटना घटेसँगै सरकारको भविष्य संकटमा पर्ने विश्लेषककहरुको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार