नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले वर्तमान संविधान कुनैबेला खारेज हुन सक्ने बताएका छन् ।

आज सोमबार राजधानीमा आफ्नो पार्टी निकट अखिल नेपाल क्रान्तिकारी महासंघ युनियनले आयोजना गरेको १२८ औं मजदुर दिवसका अवसरमा नेता बास्तोलाले विद्यमान संविधान जटिल मोडमा रहेको बताए ।

‘कुनै पनि बेला पनि यो संविधान खारेज हुन सक्छ ।’ बास्तोलाले कार्यक्रममा भने- ‘जसकारण नेपालको संविधान खारेज हुने मोडमा छ ।’

अहिले देशमा देखा परिरहेको राजनीतिक संकट संसदीय व्यवस्थाको असफलताको परिणाम भन्दै नेता बास्तोलाले यो संसदीय व्यवस्था रहेसम्म देशमा संकटै संकट रहने बताए ।

नेता बास्तोलाले यो देशमा निर्वाचन भएपनि संकट हुने र नभएपनि देशमा संकट आउने भन्दै उनले संसदीय व्यवस्था खारेज गरेर नयाँ जनवाद र समाजवादले मात्र हल गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार