
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १२८ औं मई दिवसका अवसरमा नेपालका क्रान्तिकारी मजदुरहरुलाई एक शुभकामना सन्देश दिएका छन् ।
महासचिव विप्लवले नेपालका क्रान्तिकारी मजदुरहरुलाई दलाल पुँजीवादी सत्तालाई फालेर नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापनापछि मात्र मजदुहरुको मुक्ति हुने बताएका छन् ।
कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट एक विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले नेपालका मजदुरको मुक्तिको वाधक दलाल संसदीय व्यवस्थालाई फाल्न एकीकृत जनक्रान्तिको बाटोमा अगाडि बढ्न अपिल गरेका छन् ।
‘दलाल पुँजीवादलाई मिल्काउन र जनताको राज्य निर्माण केवल वैज्ञानिक समाजवादबाट मात्र संभव छ ।’ महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएको छ- ‘नेपाली श्रमीक वर्गले नेपाललाई स्वाधिन बनाउन एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवाद प्राप्त गर्न जरुरी छ ।’
महासचिव विप्लवको विज्ञेप्तीको पूरा पाठ :








