प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट ठूलो संख्यामा मंगलबार विद्रोह हुने भएको छ ।
माओवादी केन्द्रको पोलिटव्युरो सदस्यदेखि ठूलो शक्ति र क्रान्तिकारी माओवादीका पनि ठूलो संख्यामा नेताहरु सो पार्टीबाट विद्रोह गरी राजधानीमा पत्रकार सम्मेलन गर्नेछन् ।
मंगलबारै ११ बजे उनीहरुले पत्रकार सम्मेलन गरेर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको घोषणा समेत गर्ने बताइएको छ ।
प्रचण्ड माओवादी केन्द्र र वैद्यबाट करिब चार दर्जन नेता कार्यकर्ता विद्रोह गरी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुनेछन् । उनीहरुको विद्रोहलाई नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणको संज्ञा दिएको छ ।
‘क्रान्तिकारी धु्रवीकरणलाई जारी राख्ने हाम्रो पार्टीको केन्द्रीय नीतिअनुरुप माओवादी केन्द्र र वैद्य माओवादीबाट पोलिटव्युरोसहित ठूलो संख्यामा विद्रोह गरेर आउँदै हुनुहुन्छ ।’ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले जनपाटीलाई भने ।







