
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र कुनै पनि तरहले कम्युनस्टि नरहेको भन्दै सो पार्टीका पोलिटव्युरो सदस्य श्यामबहादुर बोहरा अटलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आज राजधानीमा पत्रकार सम्मेलन गर्दै माकेका पोलिटव्युरो सदस्य अटलले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग कुनै कम्युनिस्ट निष्ठा, आदर्श र चरित्र नरहेको बताए ।
माओवादी केन्द्रमा भ्रष्ट, दलाल र नव धनाढयहरुको मात्र हालीमुहाली भएको रहेको भन्दै उनले माकेलाई एमालेको भाई पार्टीको संज्ञा दिएका छन् ।
अब यो सँग कुनै पनि कम्युनिष्ट आदर्श, सिद्धान्त, निष्ठा, चरित्र र क्रियाकलाप बाँकी रहेको छैन । त्यो किसान मजदुरको मुक्ति, स्वतन्त्रता र समानताको नेतृत्व गर्न सक्ने पार्टी अब रहेको छैन । उनले जारी गरेको विज्ञेप्तीमा भनिएको छ, यिनीहरुको त पुराना बुर्जुवाहरुको जति पनि इमान्दारिता, इज्जत र संस्कार छैन । त्यसकारण माओवादी केन्द्र कम्युनिष्ट पार्टी हुदै होइन, बरु यो भाइ एमाले हो ।
पत्रकार सम्मेलनमा माकेका पोलिटव्युरो अटलले माओवादी केन्द्र कम्युनिस्ट सिद्धान्तबाट सम्पूर्ण रुपले च्युत भएको भन्दै विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले लिएको कार्यदिशा सही रहेकोले सम्पूर्ण क्रान्तिकारीहरु सोही बाटोमा लाग्नु पर्ने बताए ।








