
पार्टी परित्याग गरेको घोषणा गर्दै वैद्य माओवादीका युवा नेता खम्बु चन्द
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी राजनीतिक रुपले गतिहीन र अकर्मण्यतामा फसेको भन्दै सो पार्टीका क्रान्तिकारी युवाहरुले पार्टी परित्याग गरेका छन् ।
मंगलबार सो पार्टीका थारुबान राज्य समितिका नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर वैद्यले क्रान्तिकारी विचार र राजनीतिलाई अनिर्णयको बन्दी बनाएको भन्दै क्रान्तिकारी युवाहरुद्धारा विद्रोह गरेका हुन् ।
परित्याग गर्नेहमा क्रान्तिकारी माओवादी थारुबान राज्य समिति सचिवालय सदस्य खम्बु चन्द समीर यात्री, गणेश केसी, यज्ञबहादुर डाँगी रहेका छन् ।
‘उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पु¥याउदै आएको छ ।’ पार्टी परित्याग गर्नेहरुको संयुक्त विज्ञेप्तीमा भनिएको छ ।
पछिल्लो समयमा पार्टी गतिहीन र अर्कमन्यतामा रहनुका कारण संसदवादी स्थानीय निर्वाचन उपयोगमा पार्टी फसेको उनीहरुले विज्ञेप्तीमा बताएका छन् ।







