
शान्तिपूर्ण तवरले कार्यक्रम गरिरहेका अाफ्ना पार्टी नेता-कार्यकर्तालार्इ सरकारले गिरफ्तार र धरपकड गरेर दमनको बाटो अपनाइरहेको भन्दै त्यसले विद्राेह जन्मिने नेपाल कम्युनिस्ट पार्टी कर्णाली ब्युरोले सरकारलार्इ कडा चेतावनी दिएकाे छ ।
सो पार्टीका कर्णाली व्युराे इन्चार्ज एटम बिसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनताकाे त्याे विद्रोहले दमनकारी सत्तालाई सदाका लागि विदा गर्ने चेतावनी दिएका छन् ।
जुम्ला जिल्ला इन्चार्ज रविकिरण र दैलेख जिल्ला सदस्यहरु जीवन, उपेन्द्र, क्रान्ति, नगेन्द्र, गोविन्दलगायतका नेता- कार्यकर्तालार्इ गिरफ्तार गरेको एटमले विज्ञेप्तीमा जनाएका छन् । ती गिरफ्तार नेता कार्यकर्तालार्इ तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने र त्यसबाट उत्पन्न हुने परिस्थितिकाे भागिदार सत्ता नै हुने विसीले बताएका छन् ।
‘आज देशमा माके कांग्रेसको निरंकु्श फाँसीवादी शासन चलिरहेको छ । शान्तिपूर्ण सभा, भेला प्रचार प्रसारमा रोग लगाउँदै कथित स्थानीय निर्वाचनको हवाला दिदै हाम्रो पार्टीमाथि व्यापक थरपकड, गिरप्फ्तारीको दमन शैली अख्तियार गरिरहेको छ ।’ एटमद्धारा जारी विज्ञेप्तीमा भनिएको छ- ‘लोकतान्त्रिक अधिकारमा बञ्देज लगाउँदै गरिएको राज्य प्रशासनको ज्यादतीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’
एटमद्धारा जारी विज्ञप्तिकाे पूरा पाठ :
आज देशमा माके कांग्रेसको निरंकु्श फाँसीवादी शासन चलिरहेको छ । शान्तिपूर्ण सभा, भेला प्रचार प्रसारमा रोग लगाउँदै कथित स्थानीय निर्वाचनको हवाला दिदै हाम्रो पार्टीमाथि व्यापक थरपकड, गिरप्फ्तारीको दमन शैली अख्तियार गरिरहेको छ । लोकतान्त्रिक अधिकारमा बञ्देज लगाउँदै गरिएको राज्य प्रशासनको ज्यादतिको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।जुम्ला बजारमा पार्टीको कामको शिलशिलामा पुगेर आपनो कोठामा बसिरहेका हाम्रो पार्टी जुम्ला जिल्ला इन्चार्ज क. रविकिरणलाई आज विहान ९ : ३० बजे उहाँको कोठाबाटै गिरपतार गरिएको छ ।साथै आजै दैलेख जिल्ला सातला पिपलसुकेका जनतासँग भेटघाट र छलफल गरिरहेका बेला हाम्राे पार्टी दैलेखका इन्चार्ज/सेक्रेटरी क•बिवेक, राष्ट्रिय युवा जनस्वंसेवकका केन्द्रीय सदस्य एवं कर्णाली व्युराे ईन्चार्ज क•दिनेश, जिल्ला सदस्यहरु क. जीवन क. उपेन्द्र क. क्रान्ति क. नगेन्द्र क. गोविन्दलगायतका कमरेडहरुलाई बिना कारण दैलेख जिल्ला प्रहरीले गिरपतार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।शान्तिपूर्ण भेला, जनतासँग छलफल गर्ने कार्यप्रति नै प्रतिवन्द लगाउने निरंकुशतावादी सोच र शासन शैलीले राणा शासनको झल्को दिएको छ । यस्ता फाँसीवादी शासन सत्ता इतिहासमा कंही पनि टिकेको छैन र टिक्ने पनि छैन । दमन र गिरपतारीले झन् विद्रोह जन्माउँछ, निरंकुश सत्ताको आयु छोट्याउँछ ।यो शासन सत्तामा रहेकाहरुले हेक्का राखेहुन्छ । उक्त बिना कारण गिरपतार गरिएका सम्पूर्ण कमरेडहरुको यथाशिर्घ रिहाईका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ । हाम्रो आग्रहलाई वेवास्ता गरिए जस्तो सुकै परिस्थितिको जन्म हुनसक्छ । त्यसको भागिदार राज्यपक्ष स्वयं हुनुपर्नेछ ।







