
उत्तर कोरियाले कोरियाली प्रायद्वीप आणविक युद्धको नजिक रहेको चेतावनी दिएको छ ।
अमेरिकाका दुई सुपरसोनिक बमवर्षक विमानले दक्षिण कोरियाली र जापानी वायु सेनाका जहाजसँग अभ्यास गर्दै शक्ति प्रदर्शन गरेपछि उत्तरको यस्तो चेतावनी आएको हो ।
उत्तर कोरियाका सरकार नियन्त्रित सञ्चारमाध्यमहरूले किम जोङ–उनको शासन अमेरिका ‘तहसनहस’ हुने पखाईमा रहेको भन्दै चेतावनी दिएका हुन् ।सरकारी टेलिभिजन केआरटीले मंगलबारको प्रसारणमा भनेको छ, ‘अमेरिकाको सैन्य उक्साहटका कारण कोरियाली प्रायद्वीप आणविक युद्धनजिक पुगेको छ ।’
यस्तै ‘रोडोङ सिनमुन’ अखबारले मंगलबार प्रकाशित गरेको ‘आणविक युद्धले अमेरिकालाई विनाश गर्नेबाहेक अरू केही गर्दैन’ शीर्षकको लेखमा पनि ‘अमेरिका अति खतरनाक आणविक युद्धतर्फ उन्मुख’ रहेको उल्लेख गरिएको छ ।







