स्थानीय निर्वाचन खारेज अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले चितवनलगायत देशैभरि जिल्लास्थित सम्पूर्ण उम्मेदवारको घरमा कालो झण्डा गाडेको छ । कम्युनिस्ट पार्टीले महानगर, नगर र गाउँपालिका र वडाका सबै उम्मेदवारको घरमा झण्डा गाडेको हो ।

चितवनलगायत देशैभरि कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले उम्मेदबारको घरमा कालो झण्डा गाडेका छन् । त्यसैक्रममा चितवन भरतपुर महानगरपालिकाका मेयरका काँग्रेस उम्मेदवार दिनेश कोइराला, एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालसहित सबै प्रमुखको घरमा कालो झण्डा गाडिएको कम्युनिस्ट पार्टीले जनाएको छ ।
बुधबार साँझ एकै पटक कम्युनिस्ट पार्टीले चितवनमा सबै दलका घरमा कालो झण्डा गाँडिएको कम्युनिस्ट पार्टी इन्चार्ज लालबहादुर बिसीले जानकारी दिए ।
यसैबीच राप्ती नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार किरण ओली र माओवादी केन्द्रका मेयर उम्मेदवार रामचन्द्र पाठकको घरमा पनि कालो झण्डा गाडिएको कम्युनिस्ट पार्टीले बताएको छ ।
कम्युनिस्ट पार्टीले शान्तिपूर्ण विरोधस्वरुप स्थानीय निर्वाचनमा उम्मेदवार दिएकाहरुको घरमा कालो झण्डा गाडिएको पार्टीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले देशैभरिक उम्मेदवारको घरमा कालो झण्डा र उम्मेदवार नबन्न गरेको चेतावनीस्वरुपको पत्रले उम्मेदरवारको घरमा परिवारमा चिन्ता बढेको स्थानीयहरुले बताएका छन् ।







