नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्यसहित तीन दर्जन नेता कार्यकतालाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ ।

आज विहीबार मात्र बर्दियाबाट कम्युनिस्ट पार्टीका इन्चार्ज देवकला अधिकारीसहित २० नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण निर्वाचन विरोधी कार्यक्रमका क्रममा उनीहरुलाई गिरफ्तार गरेको कम्युनिस्ट पार्टीले जनाएको छ ।

आजै काठकाडौं उपत्यकाअन्तर्गत ललितपुरबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनलाई गिरफ्तार गरेको छ । यसबाहेक आजै देशका विभिन्न ठाउँबाट कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

यो तीन दिनको बीचमा रुकुममा शान्तिपूर्ण कार्यक्रम सकेर समीक्षा बैठक बसिरहेको बेला सेक्रेटरीसहित २५ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । अरु कयौं ठाउँमा घरमा सुतिरहेका कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण कार्यक्रम गरिरहेका कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरी गिरफ्तार गरेर सरकारले ०५२ सालको नियति फर्काउन खोजिरहेको भन्दै मानवअधिकारवादी संघ संस्थाले सरकारको दमनकारी कदमको घोर विरोध गरिरहेका छन् ।

‘प्रचण्ड नेतृत्व सरकारको फासीवादी दमनले क्रान्तिकारीह्रुलाई कुनै असर पुर्याउदैन ।’ नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यले भने- ‘दमनकारी फासीवादी सरकार जनताबाट आफै पत्तासाफ हुनेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार