
२१ औं शताव्दीका विश्व विख्यात वैज्ञानिक स्टेफन हकिंग्सले आगामी एकसय वर्षभित्र मानव जातीलाई पृथ्वी छोड्न चेतावनी दिएका छन् ।
हकिंग्सले भनेका छन् कि मानव जाती जीवित र अस्तित्वमा रहनका लागि यस ग्रहभन्दा अन्यत्रै सर्नुपर्ने छ ।उनले जलवायु परिवर्तनमा देखिदै गएको तीव्र असर,मानव जातीको वढ्दो आवादी र उल्का पिण्डहरुमा बढ्दै गएको टकरावको प्रकृयालाई विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।
बीबीसीको डकुमेन्ट्री एक्पेडिसन न्यु अर्थमा हकिंग्स र उनका विद्यार्थी क्रिष्टोफ गलफर्ड पृथ्वीभन्दा बाहिरको संसारमा जीवन अस्तित्वको संभावनावारे पत्ता लगाउने कार्यमा सक्रिय बन्दैछन् ।
डकुमेन्ट्रीमा हकिंग्स र उनका विद्यार्थीले पृथ्वीभन्दा बाहिरको संसारमा मानव जाती बाँच्न सक्ने ठाउँ खोज्नुपर्नेमा जोड दिएका छन्। द टेलिग्राफको रिपोर्टका अनुसार यस डकुमेन्ट्रीको उदेश्य ब्रिटेनले सवैभन्दा नविनतम आविष्कारको पत्ता लगाउनुपर्छ ।
जसका कारण मानिसको जिन्दगीमा अदभुत परिवर्तन आउन सकोस् । गएको महिनामात्रै हकिंग्सले मानवजातिको आक्रामक रबैयाका लागि तीव्र रुपमा विकास र विस्तार भइरहेका प्रविधिलाई जिम्मेवार ठहर्याएका थिए ।
वर्तमानमा मानवजातीको आक्रामकताले हामीलाई परमाणु र जैविक युद्धले समाप्त पार्नसक्छ भन्दै उनले यी सबै जटिलताबाट वचाउन हामीलाई एउटा विश्वकै सामुहिक सरकार चाहिने धारणा व्यक्त गरेका थिए ।
एशियन समाचारबाट ।







