स्थानीय निर्वाचनका लागि भनेर कालिकोटमा प्रचार अभियान लिएर हिडेको माओवादी केन्द्रको टोलीलाई स्थानीय जनताले प्रतिकार गरेका छन् ।

विहीबार कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको निर्वाचन प्रचार टोली र स्थानीय जनताबीच झडप भएको छ । स्थानीय जनताले आफ्नो वडामा प्रवेश रोक लगाउनुका साथै प्रचार सामाग्री समेत कव्जामा लिएका छन् ।

साथै स्थानीय जनताले सान्नी त्रिवेणी गाउँपालिकालाई निषेधित क्षेत्र समेत घोषणा गरेको कालिकोटबाट एक स्थानीयले बताएका छन् ।

निर्वाचनका नाममा जनतालाई आँखामा छारो हाल्न निर्वाचनको नाटक गरिएको, जनताका दैनिकी समस्या समाधान नभएको भन्दै स्थानीयहरुले निर्वाचन अभियानलाई गाउँमा निषेध गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार