कालिकोटमा प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप हुँदा स्थानीयहरुले प्रहरी दमनको डटेर प्रतिकार गरेका छन् ।

कालिकोटको रासकोट नगरपालिका ७ पुच्छेगाउँमा प्रहरीले सर्वसाधारणलाई भोट हाल्न आउन जर्बजस्ती गरेपछि सर्वसाधारणले त्यसको प्रतिकार गर्दा झडप भएको थियो ।

झडपमा ७ स्थानीय र ६ प्रहरी घाइते भएका छन् । झडपका क्रममा स्थानीयहरुले प्रहरीको दुई राइफल खोसेर भाँचिदिएका छन् ।

स्थानीय जनताहरुले प्रहरीको दमनको प्रतिरोध गरेको घटना निकै साहसिक भएको अन्य स्थानीयहरुले बताएका छन् ।

स्मरणरहोस् जनयुद्धकालमा कालिकोटका महिलाहरुले पुलिसको हतियार कब्जा गरेर तत्कालीन माओवादी पार्टीलाई बुझाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार