एनसेलले राज्यलाई तिर्नुपर्ने ४० अर्ब बाँकी रकममा राज्यले नै एनसेललाई कर मुक्त गर्न खोजेको भन्दै सरोकारवालाहरुले गंभीर आपत्ति व्यक्त गरेका छन् ।

शुक्रबार राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले एनसेलले तिर्नुपर्ने बाँकी रकम जसरी पनि बुझाउन दबाब सिर्जना गर्नु पर्ने बताए ।

राष्ट्रिय सरोकार अभियान, नेपालद्धारा आयोजित ‘एनसेल कर छली काण्डलगायतका राजश्व बेदखली’ विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले एनसेलले तिर्नु पर्ने बक्यौता रकममा सरकारले नै कर मिनाहका लागि षडयन्त्र गरिरहेको बताए ।

एनसेलले राज्यलाई अहिलेसम्म जम्मा ९ अर्ब ५४ करोड मात्र बुझाएको तर अरु बाँकी रकममा सरकारका प्रतिनिधि र संसदमा रहेका मुख्य दलका नेताहरुसँग सम्वन्ध कायम गरेर उन्मुक्ति खोजिरहेको बताए ।

राष्ट्रिय सरोकार अभियानका अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले देशमा एनसेलमार्फत ठुलो भ्रष्टचार चुलिएको भन्दै भ्रष्टचार अन्त्य गरिए मुलुक समृद्ध हुने बताए ।

जनअधिकार सरोकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले अहिलेको संसदीय व्यवस्था र संविधान सबै दलाल र भ्रष्टहरुको हातमा भएकोले देशमा कहिल्यै भ्रष्टचार उन्मुलन नहुने बताए ।

कार्यक्रममा अरु वक्ताहरुले एनसेलले तिर्नु पर्ने रकम जसरी पनि तिराउन दबाब दिनु पर्ने बताए ।

सरोकारका अध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार