नेपाल कम्युनस्टि पार्टीको सेती महाकाली कमाण्डले स्थानीय निर्वाचनका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन गंभीर चेतावनी दिएको छ ।

सेती महाकाली कमाण्ड इन्चार्ज ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, आरपी तिमिल्सिना, शंकर खड्का र पूर्व सभासद डवल बहादुर शाहीले संयुक्त विज्ञेप्ती जारी गरेर उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चेतावनी दिएका छन् ।

संयुक्त विज्ञेप्तीमा देशलाई गृहयुद्ध हुनबाट जोगाउन र निर्वाचन उम्मेदवारी फिर्ता लिन सम्वन्धित पक्षलाई अपिल गरिएको छ ।

‘हाम्रो अपिल छ सुदुर पश्चिमका सम्पूर्ण जनता र सचेत नागरिकहरुले देशलाई द्धन्द्ध र विग्रह हुनबाट रोक्न स्थानीय तहको निर्वाचन खारेज गरौं’ संयुक्त विज्ञेप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार