
माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) बाट दर्जनौं नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने भएका छन् ।
माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ को नेतृत्वमा र क्रान्तिकारी माओवादीबाट समिर यात्रीको नेतृत्वमा कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने कार्यक्रम रहेको छ ।
राजधानीकाे कमलादी स्थित प्रज्ञा भवनमा आइतबार मध्यान्ह १२ बजे पार्टी ध्रुवीकरण तथा एकीकरण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष इश्वरीप्रसाद दाहाल “असारे काका” को उपस्थितिमा उक्त ध्रुवीकरण कार्यक्रम हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले माओवादी आन्दोलनमा रहेका क्रान्तिकारीहरुलाई एकीकृत गर्ने लक्ष्यसहित ध्रुवीकरणको कार्यक्रम नै ठोस गरेको छ ।







