चर्चित हास्य कलाकार दीपकराज गिरीले स्थानीय निर्वाचनको नाममा जनतालाई झुक्काउने खेल भइरहेको भन्दै यस्तो चुनावबाट जनता होशियार हुनुपर्ने बताएका छन् ।

सामाजिक संजाल फेसकुकबाट उनले निर्वाचनको नामा जनतालाई लुट्ने माध्यमको रुपमा स्थानीय निर्वाचन हुन लागिरहेको भन्दै कलाकार गिरीले हावादारी भ्रम छर्ने पार्टीहरुलाई बहिष्कार गर्नु पर्ने बताएका छन् ।

गिरीले एमालेको नाम लिएर संसदीय पार्टीहरुले देश लुटेको भन्दै स्थानीय निर्वाचनमा होशियार र सर्तक हुन अपिल गरेका छन् ।

सामाजिक संजालमा गिरीको भनाई निकै भाइरल भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार