माओवादी केन्द्र, वैद्य माओवादी, नेकपा माक्र्सवादी र राष्ट्रिय जनमोर्चालगायत पार्टीबाट आज दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्यामबहादुर बोहोरा अटल, माओवादी केन्द्रकै केन्द्रीय सदस्य देवेन्द्र पौडेल प्रताप, माओवादी केन्द्रकै अखिल नेपाल लेखक संघका वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी, वैद्य माओवादीका राज्य समिति सचिवालय सदस्य खम्बु चन्द समीर यात्री कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।

त्यसैगरी नेकपा माक्र्सवादीका केन्द्रीय सचिवालय सदस्य रोजन रखाल, नन्दलाल खरेल, जनमोर्चा नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष झकबहादुर भुसाललगायत दुई दर्जन नेता कार्यकर्तामा कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।

आज राजधानीको प्रज्ञा भवनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र केन्द्रीय सल्लाहकार अध्यक्ष इश्वरी दाहालले विभिन्न पार्टीमा ध्रुवीकृत हुनेहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

कम्युनिस्ट पार्टीमा धु्रवीकृत हुने विभिन्न पार्टीका नेताहरुले संयुक्त विज्ञेप्ती जारी गर्दै आफुहरु रहेको पूरानो पार्टी संसदवादको दलदलमा फसेको भन्दै नेपालमा बाँकी रहेको क्रान्ति पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी मात्र एक क्रान्तिकारी पार्टी रहेको बताएका छन् ।

कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने कार्यक्रममा सहभागीहरु

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार