नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मकर गुरूङलार्इ अाज अाइतबार बेलुकी ५ बजे प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ ।

गुरूङलार्इ  पुतलीसडकमा हिडरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनी राजधानीको कमलादीमा भएको पार्टीको पार्टी कार्यक्रम सकेर घर फर्कदै थिए ।

प्रचण्ड नेतृत्व सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि अनावश्यक रुपमा गिरफ्तार र धरपकड गरिरहेको छ ।

आज कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक  विज्ञेप्ती जारी गरेर गिरफ्तार नेता तथा कार्यकर्तालाइ जनयुद्ध कालको जस्तै झुट्टा मुद्दा लगाउने काम र धरपकड बन्द गर्न प्रचण्ड सरकारलाई चेतावनी दिएका छन् ।

प्रचण्ड नेतृत्व सरकारले देशव्यापी रुपमा कम्युनिस्ट पार्टीद्धारा शान्तिपूर्ण रुपमा गरेको विरोध कार्यक्रमलाई दमन गरेको भन्दै मानवअधिकार संघसंस्थाले विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार