अमेरिकाले उत्तर कोरिया र आफ्ना नेता किम जोङ उनको हत्यामा षडयन्त्र गरेको भन्ने आरोपमा उत्तर कोरियाले आइतबार एक अमेरिकी नागरिकलाई गिरफ्तार गरेको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएका अनुसार अमेरिकी नागरिक किम ह्याक सनले उत्तर कोरियाविरुद्ध षडयन्त्र गरेको भन्दै गिरफ्तार गरेको बताइएको छ । केही समयअघि पनि एक अमेरिकी नागरिकलाई उत्तर कोरियाले गिरफ्तार गरेको थियो ।

चिनियाँ अनलाइन मिडिया ग्लोबल टाइम्सले पनि उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएलाई उदृत गर्दै अमेरिकी नागरिक जसले उत्तर कोरियामा षडयन्त्र गरेको भन्दै समाचार लेखेको छ ।

आइतबार गिरफ्तार भएका अमेरिकी नागरिक किम उत्तर कोरियामा रहेको प्योङयोङ युनिभर्सिटी अफ साइन्स टेक्नोलोजीमा काम गर्दथे । उनीहरुको नाम पनि कोरियाली रहेको छ ।

उत्तर कोरियाले आफ्नो देश र मुख्य नेताविरुद्ध षडयन्त्र गरेको आरोपमा यी अमेरिकी नागरिकलाई गिरफ्तार गरेको चिनियाँ मिडिया ग्लोबल टाइम्सले लेखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार