
स्थानीय निर्वाचन नजिकिदै गर्दा काठमाडौंमा सोमबार बिहानै अज्ञात समुहद्धारा शक्तिशाली बम विस्फोट गराइएको छ ।
काठमाडाैं चत्रपथबाट ५ किलोमिटर बुढानिलकण्ठ – ८, हात्तिगौडास्थित शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजमा सोमबार विहान शक्तिशाली बम विष्फोट भएको छ । कसले किन र कसरी बम बिस्फोट गरायो भन्नेबारे कुनै अाधिकारिक खबर अाएकाे छैन । क्षतिको विवरण आउन बाँकी छ ।
प्रहरीले अज्ञात समुहले बम विस्फोट गराएको बताएको छ । अज्ञात व्यक्तिहरुद्धारा बुढानिलकण्ठमै कारखानाको बा ६ च ११७२ नं. जिप र बा ३७ प नं. मोटरसाइकलमा पनि आगजनी गरिएको प्रहरीले बताएको छ ।
निर्वाचन खारेज अभियानलाई सशक्त बनाइरहेको नेपाल कम्युनिस्ट पार्टीलाई यी घटनाहरुमा संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेको बताइएको छ ।
–







