नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिराेध अभियान अन्तर्गत रोल्पाको थवाङ, गाम, घर्तीगाउँ, माडीचाैरलगायत दर्जनाैं क्षेत्रमा अाइतबार घरदैलाे अभियान चलाइरहेको छ ।

अभियानमा स्थानीयहरुको  सहभागिता उत्साहजनक देखिएको छ । “कथित स्थानीय चुनाव खारेज गराैं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गराैं”भन्ने नारासहित जिल्ला स्तरीय नेता-कार्यकर्ताहरु यतिबेला गाउँ-गाउँमा सास्कृतिक टोलीसहित अभियानमा खटेका छन् ।

ठाउँ- ठाउँ प्रहरीको  अवरोधका बाबजुद पनि रोल्पालीहरु उत्साहपुर्वक चुनाव खारेज अभियानमा खटिएको  जिल्ला सेक्रेटेरी जागृतिले बताए  । अभियानमा राष्ट्रिय युवा जनस्वयंसेवकको  टाेली, जलजला र सामना सांस्कृतिक परिवारको  टाेली पनि सम्मिलित छ ।

जनपक्षीय गीत र संगीतमार्फत चुनाव खारेजीका लागि जनकलाकारहरुले अपिल गरिरहेका छन् । जागृतिका अनुसार जिल्लाका सबै क्षेत्रमा २ दर्जनबढि टाेली खटिसकेको  छ ।सबै टाेली पालैपालाे माअाेवादी अान्दाेलनको  केन्द्र मानिने थवाङमा सबै जनता सहभागी भएर घरदैलाे कार्यक्रम चलिरहेको  छ ।

यसैबीच अभियानकै क्रममा जलजला सांस्कृतिक परिपारका संयाेवक हिमाललाई नृत्य देखाइरहेका बेला गिरफ्तार गरेको  छ। बालकलाकार १२ वर्षीय राम पुनलाई सांस्कृतिक कार्यक्रममा नाँचिरहेका बेला प्रहरीले कुटपिट गरि पक्राउ गरेको  छ ।रोल्पाको  जैमकसलाबासी पुन र हिमाललाई लिवाङस्थित जिल्ला प्रहरी कार्यालयको  हिरासतमा राखिएको  छ ।

सेक्रेटरी जागृतिले एक विज्ञप्ति जारी गर्दै बालकलाई पक्राउ गर्ने प्रशासनको  हर्कतले अाफै नाङ्गिएको  भन्दै बालकलाकार र हिमाललाई तत्काल रिहा नगरे प्रतिराेध संघर्षलाई चर्काउने चेतावनी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार