प्रहरीले आज बेलुकी ५ बजे राजधानीको बागबजारस्थित साप्ताहिक पत्रिका रातोखबर कार्यालयमा छापा मारेको छ ।

आज सोमबार विहानैदेखि साप्ताहिक रातोखबरमाथि निगरानी गरिरहेको रातोखबर साप्ताहिकको कार्यालयमा बेलुकीतिर छापा मारेको सो पत्रिकाका प्रवन्ध निर्देशक चिन्तामणि घिमिरेले बताएका छन् ।

घिमिरेका अनुसार प्रहरीले रातोखबरका निर्देशक एवं लेखक अनिल शर्मालाई फोनबाट अनावश्यक सोधपुछ गरेको छ ।

यसैबीच प्रहरीले इरातोखबरका वेभ डिजाइनर चुडामणि श्रेष्ठको घरमा प्रहरीले छापा मारेर तर्साउने गरेको छ ।

०४७ सालको संविधानले समेत वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता दिएको अवस्थामा अहिलेको गणतन्त्रात्मक संविधानले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरी गरेको सरकारको क्रियाकलाप निन्दनीय रहेको पत्रकार र मानवअधिकारवादीहरुले बताउने गरेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले रातोखबर साप्ताहिकमा गरेको हस्तक्षेपलाई सरकारले प्रेस स्वतन्त्रतामाथि त्रास सिर्जना गर्न खोजेको भन्दै त्यस कार्यको घोर भत्र्सना गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार