पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई चितवन भरतपुर महानगरपालिकाको मेयरमा जिताउन माओवादी केन्द्र र कांग्रेस नेतृत्वको साथ मात्र छैन, सिंगो भारत समेत लागिपरेको छ ।

उच्च स्रोतका अनुसार आफ्नो छोरी रेणुलाई जिताउन प्रचण्डले कांग्रेस नेतृत्वदेखि सबै शक्तिकेन्द्रलाई गुहारेका छन् । त्यसमा प्रचण्डले भारतलाई समेत गुहारेको बुझिएको छ । जसका कारण भारतले समेत प्रचण्ड पुत्री रेणुलाई जिताउन ठूलो कसरत थालेको देखिएको छ ।

चितवनमा कुनै राजनीतिक कार्यमा संलग्न नभएकी रेण्ुालाई जिताउन माओवादी केन्द्र र कांग्रेस नेतृत्वले सहमति समेत गरेर कांग्रेस उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाइएको छ ।

रेणुलाई जिताउन भएभरका सबै संयन्त्र प्रयोग गरिएका छन् । मनी, मसल र पावर सबै परिचालित गरिएका छन् । यसलाई प्रचण्डले ठूलो मोर्चाको रुपमा लिएका छन् ।

राजनीतिमा प्रचण्डले नातावादलाई कतिसम्म माथि राखेका छन् भन्ने कुरा यो स्थानीय निर्वाचनमा छोरीलाई जिताउन उनले खेलेको क्रियाकलापले प्रष्ट रुपमा देखमाएको छ ।

देशी विदेशी सबै शक्ति केन्द्र लागेर रेणु दाहाललाई जिताउन सबै संयन्त्र परिचालन गरेपनि अन्तिममा चितवन भरतपुर मतदाताले कसरी सोचेका होलान त्यो भने चुनाव भएपछि परिणामले देखाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार