अमेरिकी लेखक विल डुरान्ट र एरियल डुरान्टले सन् १९३५ देखि १९७५ बीच धेरै पुस्तक प्रकाशित गरे । यिनै पुस्तकको संग्रहलाई पछि ‘द स्टोरी अफ सिभिलाइजेसन’ वा सभ्यताका कथा नामले चिन्न थालियोे ।

महान् विचार र नवप्रवर्तनकै सेरोफेरोमा मानव सभ्यताको इतिहास विकास भएको उनीहरूले उल्लेख गरेका छन् । इजिप्ट, एथेन्स, म्याग्नाकार्टा, भक्तियुग (एज अफ फेथ) वा पुनर्जागरणकाल (रिनासा) र मानवअधिकार घोषणा (संयुक्त राष्ट्रसंघको स्थापनापश्चातको समय) को सभ्यता नै किन नहोस्, यी सबै सभ्यता विकासमा यिनै दुई कुरा महत्वपूर्ण भएको सो पुस्तकमा उल्ल्लेख गरिएको छ । बीस लाखभन्दा बढी प्रति बिक्री भएको यो पुस्तक निकै सफल मानिन्छ ।
युरोपेली र उत्तर अमेरिकी राष्ट्रका जनताले पाश्चात्य सभ्यता विकास भएपछिका कम्तीमा पनि केही शताब्दीसम्म विश्वका अन्य स्थान र समयमा आफ्नै राष्ट्रमा पनि प्रचारप्रसार गर्ने गरेको यो पुस्तकले समाहित गरेको छ । यो भनाइ पक्कै पनि प्रगतिशील हुन सक्छ । पाश्चात्य सभ्यतामा सोक्रेट, इरास्मस, मोन्टेस्क्यु र रुसोजस्ता केही महान् दार्शनिक पनि थिए । ती दार्शनिकले मानव सभ्यता उच्च पार्न अनवरत प्रयास गरेको पाइन्छ ।
पाश्चात्य सभ्यताको धारणा केही निश्चित मूल्य मान्यतामा आधारित देखिन्छ । कार्यकारणवाद (कुनै पनि विषयको कारण हुन्छ भन्ने मान्यता) र सम्पत्ति अधिकारका विषयमा पनि केही मान्यता छन् । पाश्चात्य सभ्यतामा धेरैको धारणा समान देखिन्छ ।
केही दशकअघिदेखि पाश्चात्य सभ्यतामा मानिसको विश्वास गुम्दै गएको देखिन्छ । विश्वविद्यालयले पाश्चात्य सभ्यताका कुरा अध्यापन गर्न छोडिसकेको र विश्वास गुमाउँदै गएको देखिन्छ । विश्वविद्यालयले पाश्चात्य सभ्यताका कुरा अध्यापन गर्न छाडिसकेका छन्, जसले सांस्कृतिक रूपान्तरणको धार भत्किएको छ । अहिले विश्वविद्यालयका धेरै विद्यार्थीले पाश्चात्य सभ्यता भनेको थिचोमिचो वा दबाबको इतिहास भएको सभ्यता भनेर अध्ययन गर्ने गरेका छन् ।
यसको असर कतिसम्म दीर्घकालीन हुन्छ भन्ने आश्चर्यको कुरा हो । अहिले पाश्चात्य सभ्यताविरोधी भावना पनि उदीयमान हुँदै आएको छ, जसमा प्रतिवाद गर्ने सायदै होलान् । यसको पहिलो कारण भनेको पाश्चात्य सभ्यताको प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास नगर्ने र विश्वास गरेजस्तो बाहना पनि नगर्ने गैरप्रजातान्त्रिक अधिकारी नै हुन्, जसले पहिलेका तानाशाहको जस्तो प्रवृत्ति देखाएका छन् ।
विगत केही दशकदेखि हामी ‘स्ट्रोङ म्यान’ युगमा प्रवेश गरेका छौँ । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र जर्मन चान्सलर एन्जेला मर्केलेको युग पार गरी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, इजिप्टका राष्ट्रपति अब्दुल फताह, चिनियाँ राष्ट्रपति सी जिनपिङ, उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युगमा हामी प्रवेश गर्दै छौँ ।
केही सातापहिले टर्कीका राष्ट्रपति रिसिप तेइप इर्डोगानले प्रजातन्त्रमाथि आक्रमण गरी निरंकुश प्रणाली स्थापित गरे । यससँगै टर्कीले युरोपेली प्रजातान्त्रिक विचारधारामा समाहित हुने मौका गुमाएको छ । समुन्नत भविष्य स्पष्ट नभएकाले टर्की प्रजातान्त्रिक समूहबाट अलग हुन पुगेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पलगायत धेरै राष्ट्रका सरकार माफियातन्त्रमा रूपान्तरित भइरहेका र सरकारमा परिवारवाद हाबी भएको पाइन्छ । त्यसैगरी रुस र चीनमा पनि कुनै नेताविशेषको राजनीति हाबी हुन थालेको पाइन्छ, जसले राजनीतिक अस्थिरता र खतरा पनि बढाएका छन्।
अब भने केन्द्रबिन्दुमा रहेका शक्ति विस्थापन हुने खतरा देखिन्छ । विगत केही दशकदेखि वामपन्थी वा दक्षिणपन्थी धारको राजनीतिक दर्शनको केन्द्रबिन्दुमा रहेको प्रजातान्त्रिक पुँजीवाद धेरै विकसित भएको थियो । तर, बेलायत र नेदरल्यान्डका लेबर पार्टी भने धराशयी बन्न पुगे र साना दलको उदय भयो ।
फ्रान्समा कट्टर दक्षिणपन्थी म्यारिन ली पेन र कट्टर वामपन्थी जिन लुक मेलेन्कोन राष्ट्रपति पदका अन्तिम प्रतिस्पर्धी हुन सक्ने सम्भावना थियो (तर यसविपरीत इम्यानुअल म्याक्रोन र पेन अन्तिम प्रतिस्पर्धी बन्न पुगेका छन्) । राष्ट्रियताको विषयमा पेनको स्वतन्त्रताविरोधी धारणा थियो भने मेलेन्कोन प्रजातान्त्रिक राजनेता हुन् । उनले आफूलाई भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चावेजसँग तुलना गरेका थिए । पेन र मेलेन्कोन अन्तिम प्रतिस्पर्धी भएको भए युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा ठूलो संकट आउने आशंका गरिएको थियो । तर पेन भने बाँकी नै छन् ।
पाश्चात्य सभ्यताका मूल्य–मान्यता आफ्नै उद्गमस्थलबाट हराउँदै गएको देखिन्छ । अमेरिकी शिक्षण संस्थाका विद्यार्थी भनिने ठगले पाश्चात्य सभ्यतामा संकट आएको साप्ताहिक रूपमा आफ्ना विभिन्न जर्नलमार्फत व्यक्त गर्दै आएका छन् । अमेरिकी सरकारले पनि प्रजातान्त्रिक मूल्य–मान्यता बिर्सन थालेको पाइन्छ । ‘द जर्नल अफ डेमोक्रेसी’ मा प्रकाशित लेखअनुसार सन् १९३० मा प्रजातान्त्रिक राष्ट्रमा बाँच्नुमा गर्व महसुस गर्ने ९१ प्रतिशत थिए, जुन हाल आएर ५७ प्रतिशतमा झरेको छ । पाश्चात्य मूल्य–मान्यता पश्चिमा मुलुकमै कमजोर भएको यसले पनि पुष्टि गरेको छ ।
पाश्चात्य सभ्यता कमजोर भएकोमा एन्ड्र्यु मिक्टाले ‘द अमेरिकन इन्टे«स्ट’ निबन्धमा बिलौना गरेका छन् । प्रकाशित हुन लागेको ‘द रिट्रिट अफ वेस्ट्रर्न लिबरालिज्म’ नामक पुस्तकमा एडवार्ड ल्युसले प्रतिक्रिया दिने बताइएको छ । तर, पश्चिमा राष्ट्रमा स्वतन्त्रता कमजोर हुँदै गएको भने पक्कै हो । पाश्चात्य सभ्यता प्रतिक्रियावादी र थिचोमिचोपूर्ण भएको विश्वास गर्ने जमात बढेको छ । तर, पाश्चात्य सभ्यताका मूल्य–मान्यताबाट मुक्ति पाउन भने अझ केही समय कुर्नुपर्ने हुन सक्छ ।
(ब्रुक्स अमेरिकी राजनीतिक तथा सांस्कृतिक समालोचक हुन्)
द न्युयोर्क टाइम्सबाट- इनयाँ पत्रिकाबाट)







