डेमोक्रेटिकका उम्मेदवार मून

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा उत्तर कोरियाद्धारा समर्थन प्राप्त उम्मेदवार विजयी हुने पछिल्लो नतिजाले देखाएको छ ।

एक्जिट पोलका अनुसार डेमोक्रेटिक पार्टीका नेता मून जे इन जितको नजिक पुगेका हुन् । मूनलाई उत्तर कोरियाद्धारा समर्थन गरिएको नेताका रुपमा चिन्ने गरिएको छ ।

पोलले देखाएको पछिल्लो नतिजाअनुसार डेमोक्रेटिकका तर्फबाट मूनले ४१.४ प्रतिशत मत पाएका छन् भने लिवर्टी पार्टी कोरियाका तर्फबाट होन जोन प्याओले २३.३ प्रतिशत पाएका छन् भने तेस्रोमा पिपुल्स पार्टीका एन च्योल सोले २१.८ प्रतिशत मत पाएका छन् ।

यो नतिजाले डेमोक्रेटिक पार्टीका नेता मूनले जित्ने लगभग निश्चित जस्तै भएको छ ।

मूनले जिते समग्र दक्षिण कोरियाको नीतिमा ठूलो फेरबदल आउने बताइन्छ । उनले दक्षिण कोरियामा रहेको अमेरिकी दबदबालाई कमजोर पार्ने देखिएको छ ।  किनकि मून उत्तर कोरियासँग राम्रो सम्वन्ध कायम गरेर जाने नीतिमा छन् ।

उनले अमेरिकाले चालेको कदमलाई आलोचना गर्ने गरेका छन् । यसो हुँदा मून राष्ट्रपतिमा विजय भए त्यसले सिंगो विश्व राजनीतिक मंचमा समेत नयाँ तरंग लिने पक्का देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार