स्थानीय निर्वाचनलाई प्रतिरोध संघर्षको रुपमा लिएको नेपाल कम्युनिस्ट पार्टीले यही बीचमा आफ्नो स्थानीय सत्ताको अभ्यासलाई पनि सँगसँगै लगेको छ ।

यही सिलसिलामा नेपाल कम्युनिष्ट पार्टीले पूर्वका एक उपमहानगरपालिका र तीन नगरपालिकामा बुधवार विहानै स्थानीय जनसत्ताको ब्यानर टाँगेको छ ।कम्युनिष्ट पार्टीले बुधवार विहानै इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका , रामधुनी नगरपालिका र दुहवी नगरपालिकामा स्थानीय जनसत्ताको ब्यानर टाँसेको हो ।

जनपरिषदको नाममा टागिएको उक्त ब्यानरमा जनसत्ता लागु गर्न आह््वान गरिएको छ । विद्यमान संसदीय व्वयस्थाले स्थानीय निर्वाचनको नाममा जनतामाथि पुरानै ब्यावस्था लाद्ने प्रयास गरेकाले सांकेतिक रुपमा त्यसको विरोध गर्दै ब्यानर टाँगेको जनपरिषद सुनसरीका अध्यक्ष टिका राईले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाननपछि जनतामाथि पुरानै ब्यवस्थाले शासन गर्न खोजिए कम्युनिष्ट पार्टीले सन्चालन गरेको छुट्टै जनसत्ता कार्यान्वयनमा ल्याउने सो पार्टीले जनाएको छ ।

सो पार्टीले इटहरी उपमहानगर सहित तीन वटै नगरपालिकामा जनसत्ताको कार्यलय समेत घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार