
शान्तिपूर्ण निर्वाचन विरोधी कार्यक्रममा संलग्न नेपाल कम्युनिस्ट पार्टीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पोखरा, काठमाडौंलगायत देशैभरिबाट कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्ने अधिकांश नेता कार्यकर्ता निरपराध र निसशस्त्र अवस्थामा रहेको बेला प्रहरीले गिरफतार गरेको छ ।
काठमाडौंमा मंगलबार कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक मंचका महासचिव हिरा शाहीलाई गिरफतार गरेको छ । मंगलबारै काभ्रेबाट युवा संगठनका नेता जमिनलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
देशैभरिबाट आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले सरकारको फासिवादी र दमनाकारी हर्कत रोक्न चेतावनी दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोले बुधवार एक प्रेस विज्ञेप्तीमा आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिएकोकोमा त्यसको घोर भत्र्सना गर्दै अविलम्ब रिहा गर्न चेतावनी दिएको छ ।
गण्डक व्युरो इन्चार्ज सावित्री दुरा आस्थाले कास्कीलगायत आफ्नो व्युरोबाट १५ जना नेता कार्यकर्ता गिरफतार भएको जानकारी दिएकी छिन् ।
गिरफ्तार नेता कार्यकर्तालाई झुठ््ठा मुद्धा लगाएर फसाउन खोजेको भन्दै उनले त्यसका विरुद्ध आवाज उठाउन पत्रकार र मानवअधिकारवादी संघ संस्थालाई अपिल गरेकी छिन् ।







